तेहरान । इरानका अमाउ हाजीको ९४ वर्षको उमेरमा मृत्यु भएको छ । हाजीले ५० वर्षसम्म पानीले आफ्नो शरीर नुहाएका थिएनन् । नुहाएको केही महिनामै उनको मृत्यु भएको हो ।
केही महिनाअघि गाउँलेहरूले उनलाई नुहाउन प्रोत्साहन गरेका थिए। उनका बारेमा सन् २०१३ मा ‘अ स्ट्रेन्ज लाइफ अफ अमाउ हाजी’ नामक डकुमेन्ट्री बनेको थियो। उनी ताजा खानाले पनि आफू बिरामी पर्छु भन्ने ठान्थे तर जनावरको मलमुत्र मिसिएको हुक्का तान्थे।
उनी बाक्लो लुगा लगाउँथे र गाउँलेहरूले बनाइदिएको झुप्रोमा बस्थे। उनी पानी पनि सफा पिउँदैनथे। धुमपानका भने उनी शौखिन थिए। एउटा तस्बिरमा उनले एकैसाथ धेरै चुरोट पिइरहेको देखिन्छ।