इटहरी । जंगली हात्तीको आक्रमणबाट भुटानी शरणार्थी शिविरमा बस्दै आएका एक जनाको मृत्यु भएको छ ।
दमकको बेलडाँगीस्थित शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङ जंगलमा मृत अवस्थामा फेला परेका थिए ।
डिभिजन वन कार्यालय झापाका अनुसार मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जंगलमा तामाङलाई हात्तीले आक्रमण गरेको थियो ।
शिविरको सेक्टर नं २ को हट नं. २५२ मा बस्दै आएका तामाङ दिउँसो दाउरा खोज्न जंगल गएका थिए । साँझसम्म घर नफर्किएपछि खोजी गर्ने क्रममा उनलाई जंगलमै मृत अवस्थामा भेटिएको बताइएको छ ।