थप ६ सय ३९ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

न्युजलय ४ फाल्गुण २०७८, बुधबार १०:३१ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ६३९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ७५६ जनाको नमुना परीक्षण भएको थियो । 

यसैगरी कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमित १८ हजार २५१ जना रहेका छन्। पछिल्लो २४ घण्टामा थप १ हजार ६ सय जना संक्रमणमुक्त भएका छन् ।