जापान पठाइदिन्छु भन्दै ठगी गर्ने सुनसरीका एकसहित दुई जना पक्राउ

न्युजलय २ असोज २०८०, मङ्गलबार ०२:५१ मा प्रकाशित

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाइदिन्छु भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सुनसरी घर भएका २८ वर्षीय उदय गुरुङ र खोटाङ घर भएका ४५ वर्षीय राजकुमार गुरुङ रहेका छन् ।

दुई जनाले जापानमा कुकमा जागिर लगाइदिन्छु भन्दै टेकप्रसाद गौतमसँग पटक–पटक गरी दुई लाख सत्तरी हजार रुपैयाँ लिई सम्पर्कविहीन बनेका थिए । 

वैदेशिक रोजगार विभागबाट भएको पत्राचारको आधारमा काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयले दुई जनालाई घट्टकुलोबाट पक्राउ गरेको हो । दुवैलाई थप अनुसन्धान तथा कारबाहीका लागि विभागमा पठाइएको प्रहरीले जनाएको छ ।