रूपन्देही । नेकपा माओवादी केन्द्र रूपन्देहीले टिकटकमा अनैतिक हर्कत गर्ने शान्ति बराललाई कारबाही गरेको छ । गिफ्टको लागि टिकटक लाइभमा गोप्य अंग देखाएकी बराललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गरेको हो ।
सैनामैना नगर कमिटी सदस्य बरालले पार्टी अनुशासनबाहिर गएर गतिविधि गरेको भन्दै उनलाई कारवाही गरेको माओवादी सैनामैनाका अध्यक्ष नारायण महतले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
बराल पछिल्लो समय टिकटकमा आफ्ना उत्तेजक नृत्य, पार्टीका नेताहरूसँगै सेल्फी खिच्ने, विभिन्न व्यक्तिसँग जोडेर टिकटक बनाउने गतिविधिका कारण चर्चा र विवादमा थिइन् ।