इटहरी । सुनसरीको इटहरीमा रहेको महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफनो स्थापनाको २६औं स्थापना दिवसको अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्याउने एक दर्जन बढी व्यक्तिहरुलाई सम्मान प्रदान गरेको छ ।
७ करोड भन्दा वढी सेयर पुँजी रहेको महिला बचत तथा ऋण सहकारी संस्थाले आफनो स्थापना दिवस विभिन्न कार्यक्रम समेत गरेको छ ।
सहकारीकी अध्यक्ष अमृता सुब्बाको अध्यक्षता तथा प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय इनरुवाका रजिष्ट्रार हरिवहादुर खत्रीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा सञ्चारकर्मी सुप्रिया राई सहित सहकारीसंग सम्वन्धीत विभिन्न व्यक्तिहरुलाई सम्मान गरियो ।
यसरी सम्मानीत हुनेहरुमा सहकारीकी उत्कृष्ट सञ्चालक मुना प्रसाई तिम्सिना , उत्कृष्ट पुर्व सञ्चालक धनकुमारी लिम्वु , उत्कृष्ट कर्मचारी दमन्ता गुरुगं लगायतका सेयर सदस्यका चिकित्सक र इन्जीनियर अध्ययनका लागि नाम निकाल्ने सन्तती लगायतलाई रहेका छन् ।