गोरखा । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नं. २ बाटै चुनाव लड्ने भएका छन्।
नेकपा माओवादी केन्द्रको चुनाव चिन्ह लिएर निर्वाचनमा जाने सहमति गरेका उनले यसपटक पनि सोही क्षेत्रबाट चुनाव लड्ने दाबी गरे।
यसअघि पनि उनले सोही क्षेत्रमा श्रेष्ठलाई पराजित गरेका थिए।
गृहजिल्ला गोरखाका पत्रकारहरूसँग शनिबार कुराकानी गर्दै उनले यसअघि जितेको ठाउँबाट चुनाव लड्ने मापदण्डअनुसार सो क्षेत्रबाट आफू स्वतः उम्मेद्वार हुने दाबी गरे।
पहिलो जसले जुन क्षेत्र जितेको छ त्यो लिने र एमालेले जितेको ठाउँ बाँडफाँट गर्ने सहमति भएकाले सोही अनुसार सिट बाँडफाँट हुने उनले बताए।
यसअघि सो क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेको नाम पनि सिफारिस भइसकेको छ।
तर भट्टराईले भने आफूलाई कुनै दल विशेषको नेता वा उम्मेदवारभन्दा पनि सर्वमान्य उम्मेद्वार बन्न चाहेको खुलाएका छन्।
गठबन्धनभित्र सिट बाँडफाँटको विषय पेचिलो हुनुलाई उनले सहजका साथ लिएको जनाएका छन्।