कोरोना संक्रमित महिलाको मृत्यु

न्युजलय ८ फाल्गुण २०७८, आइतबार ०७:२७ मा प्रकाशित

नेपालगञ्ज । बर्दियाकी कोरोना संक्रमित महिलाको उपचारको क्रममा भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ।

भेरोसेल खोप एक मात्रा लगाएकी बढैयाताल गाउँपालिका– ९ की ३६ वर्षीया संक्रमित महिलाको मृत्यु भएको हो।

फागुन २ गते भेरीमा पीसीआर गर्दा कोरोना संक्रमण पुष्टि भएकी उनलाई त्यही दिन भर्ना गरिएको थियो। उपचारकै क्रममा शनिबार राति उनको मृत्यु भएको हो।