काठमाडौं । बुद्ध एयरको जहाजमा समस्या देखिएपछि भरतपुरमा इमर्जेन्सी ल्यान्डिङ् गरिएको छ ।
काठमाडौंका लागि उडेको जहाजको बायाँ इञ्जिनमा समस्या देखिएपछि तत्कालै ल्यान्डिङ गरिएको बुद्ध एयरले जनाएको छ ।
उक्त जहाज भरतबाट काठमाडौंका लागि उडेको थियो । उडेको केहीबेरमै इन्जिनमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ ।
बीचक्राफ्ट जहाज नाइनएन–एईई र उडान नम्बर ३६० मा १७ जना वयस्क, एकजना बच्चा र एकजना नाबालक गरी १९ यात्रु उक्त जहाजमा थिए ।
विमान दलका पाइलट, को पाइलट र विमान परिचारिका गरि ३ सदस्यहरु पनि थिए । बुद्ध एयरका अनुसार यात्रुहरुलाई अर्को विमानबाट काठमाडौं ल्याउने तयारी गरिएको छ ।