२०७८ साल मङ्सिर १३ गते सोमबार

जसपाले गर्‍यो सांसद यावदलाई कारबाही, केन्द्रीय सदस्यबाट निष्कासन

न्युजलय ९ मङ्सिर २०७८, बिहिबार ०९:४० मा प्रकाशित
काठमाडौं । जनता समाजवादी पार्टीले संघीय संसद प्रदीप यादवलाई केन्द्रीय सदस्यबाट हटाएको छ।

पार्टी अनुशासनविपरीत गतिविधि गरेको भन्दै यादवलाई कारबाही गरिएको केन्द्रीय सदस्य प्रमोद साहले बताए। 

काठमाडौंमा सम्पन्न पार्टीको कार्यकारिणी समितिको बैठकले पर्सा क्षेत्र नं.१ बाट निर्वाचित सांसद प्रदीप यादवलाई कमिटीबाट निष्कासन गरेको उनले बताए। यसअघि पार्टीले यादवलाई स्पष्टीकरण सोधेको थियो। 

गठबन्धन सरकारको मन्त्रीमण्डल विस्तारमा जसपाबाट मन्त्रीमा समावेश नगरेपछि यादवले पार्टी नेतृत्वविरुद्ध अभिव्यक्ति दिएका थिए।