१४ जेठ २०७९ शनिवारको राशिफल

न्युजलय १४ जेठ २०७९, शनिवार ०६:४६ मा प्रकाशित

मेष । आयआर्जन बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्न सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । साथीको सहयोग मिल्नेछ ।

बृष । मालसामान हराउन सक्छ । नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्नेछ । मौसम अनुकूल नहुँदा स्वास्थ्यमा बाधा सिर्जना हुनसक्छ ।

मिथुन । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । कृषि कार्यमा प्रगति हुनेछ । रमणीय र सुखद् यात्राको योग छ ।

कर्कट । रोजगार वा नयाँ कार्यको अवसर मिल्नेछ । राजनैतिक वा कूटनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ ।

सिंह । आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । व्यापार व्यवसायबाट लाभ मिल्नेछ ।

कन्या । आज कलहको योग भएकाले कसैसँग बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनुहोला । आर्थिक क्षेत्रमा पनि सङ्कट र चिन्ता बढ्न सक्छ ।

तुला । विद्या र बुद्धिको विकास हुनेछ । नयाँनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । कार्यसिद्धि हुने अवसर मिल्नेछ । गरेको कार्यमा सफलता मिल्नेछ ।

बृश्चिक । घरमा अतिथिको आगमन हुनेछ । नजिकको व्यक्तिको सहयोगबाट कार्य पुरा हुनेछ । लाभदायक यात्रा रहने र नयाँ कार्यको थालनी होला ।

धनु । मित्र वा आफन्तको सहयोग मिल्नेछ । मिष्ठान्न भोजन प्राप्ति होला । साथी भाइको भेटघाटले मन प्रफुल्ल रहला । बौद्धिकताको विकास हुनेछ ।

मकर । नसोचेको ठाउँबाट धन हात पर्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । अग्रजहरूको सल्लाह र अनुभव अनुसार कामगरे सफलता मिल्नेछ ।

कुम्भ । आज नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । काम गर्ने हौसला मिल्नेछ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

मीन । छोटो दुरीको लाभदायक यात्रा रहला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि श्रेष्ठ समय रहेको छ। वैदेशिक कार्य अघि बढ्ने र धनार्जन हुनेछ ।