बुटवल । पाल्पामा छोराले बुवाको हत्या गरेका छन् । पाल्पाको माथागढी गाउँपालिका–४ नेटाका १४ वर्षीय छोराले ४५ वर्षीय तिलबहादुर मगरको हत्या गरेका हुन् ।
पारिवारिक झगडा भएपछि शनिबार राति छोराले तिलबहादुरको टाउकोमा चिर्पटले हानेका थिए । तिलबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
घटनाबारे स्थानीयले आइतबार बिहान खबर गरेपछि प्रहरीको टोली घटनास्थल पुगेको थियो ।
प्रहरी टोलीले तिलबहादुरका छोरालाई नियन्त्रणमा लिएको छ ।