फिल्म ‘आरआरआर’ हेर्न गएका दर्शकको मृत्यु

न्युजलय १२ चैत २०७८, शनिवार ०४:०० मा प्रकाशित

काठमाण्डौ । फिल्म ‘आरआरआर’ हेर्न पुगेका एक दर्शकको हृदयघातका कारण निधन भएको छ।

ओबुलेस नाम गरेका ३० वर्षीय युवकको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले लेखेका छन्।आन्ध्र प्रदेशको अनन्तपुरस्थित एक सिनेमा घरमा उनको मृत्यु भएको जनाइएको छ। 

लामो समयसम्म उनको धड्कन बन्द भएपछि साथीहरूले उनलाई नजिकैको अस्पताल लगेका थिए। तर डाक्टरले उनलाई मृत घोषित गरेका थिए।

फिल्ममा रामचरण, जुनियर एनटीआर, अजय देवगन र आलिया भट्ट मुख्य भूमिकामा छन्।