काठमाण्डौ । कोरोना महामारी रोकथामका लागि दक्षिण अफ्रिकामा लगाइएको रात्रिकालीन कर्फ्यु हटाइएको छ ।
अधिकारीहरूले देशमा कोरोना महामारीको चौथो लहर लगभग समाप्त भइसकेको बताएका छन् ।
सरकारले एक वक्तव्य जारी गर्दै ओमिक्रोन भेरियन्टको चर्को आक्रमणका बाबजुद कोरोनाको पछिल्लो लहरविरुद्धको लडाइँमा अब अस्पताल भर्ना हुने दर कम भएको बताएको छ । सरकारले मृत्युदरमा भने सामान्य वृद्धि भएको बताएको छ ।
कोरोनाको ओमिक्रोन भेरियन्ट सबैभन्दा पहिले दक्षिण अफ्रिकामा पाइएको थियो । यो भेरियन्ट यसअघिका अरु भेरियन्टभन्दा निकै संक्रामक छ । यसबाट बच्न विश्वभरका देशले उच्च सावधानी अपनाउँदै कडा प्रतिबन्ध लागू गरेका छन् ।