काठमाडौं । नेपाललाई अमेरिकाले कोरोना महामारीविरुद्ध लड्न २२ लाख डोज कोरोना खोप सहयोगस्वरुप उपलब्ध गराउने भएको छ।
यी खोप बालबालिकाको प्रयोगका लागि भएको काठमाडौंस्थित अमेरिकी दूतावासले आइतबार(आज) विज्ञप्तिमार्फत जनाएको छ।
५ देखि ११ वर्षसम्मका बालबालिका लक्षित अत्यन्त प्रभावकारी, जीवनरक्षक खोप अमेरिकी जनताको उदारतामार्फत दिइन लागिएका हुन्। यी खोप हालसम्म अमेरिकाले नेपाललाई प्रदान गरेको फाइजर खोपको २२ लाख ६० हजार मात्रा र जोन्सन एन्ड जोन्सनको एकल मात्रा खोपको १५ लाख मात्रामा थपिनेछन्,’ अमेरिकी दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।