सुनसरी । इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा इनरुवा–१० जलपापुरका ३९ वर्षीय हारुन अंसारी रहेको प्रहरीले जानकारी दिएको छ ।
इनरुवादेखि बविया जाने क्रममा को ७प ४९०५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा अंसारीको मृत्यु भएको हो ।
अंसारी हेलमेट नलगाइ मोटरसाइकल चलाएर इनरुवादेखि बबियातर्फ गइरहेका बेलामा मगर टोलस्थित बिजुलीको पोलमा ठोक्किएर दुर्घटना भएको थियो ।
गम्भीर घाइते उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।