सरकारले ल्यायो किसान पेन्सन योजना

न्युजलय १५ जेठ २०७९, आइतबार १०:४१ मा प्रकाशित

काठमाडौं । सरकारले किसान पेन्सन योजना अघि सारेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को बजेटमा किसान पेन्सन कार्यक्रम सुरु गर्न किसान हितकोष स्थपना गरिनेछ ।

यो कोषमा हरेक महिना किसानले जम्मा गर्ने रकमको १० प्रतिशत सरकारले जम्मा गरिदिनेछ । 

किसान परिचयपत्रका आधारमा सार्वजनिक सेवामा छुटसमेत दिइने बताइएको छ ।