२०७९ बैशाख २० गते मंगलबारको राशिफल

न्युजलय २० बैशाख २०७९, मङ्गलबार ०७:३० मा प्रकाशित

मेष । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रोकिएका कार्यको नयाँ योजना बन्नेछ ।

 

वृष । आज लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय भ्रमणले मन लोभ्याउनेछ र यात्राका अवसर मिल्नेछन् ।

 

मिथुन । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । ताके अनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । व्यवसायमा पनि नोक्सानी बेहोर्नु पर्ला ।

 

कर्कट । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । एउटै कामबाट दोहोरो लाभ मिल्न सक्छ, तर स्वास्थ्य प्रति सजग रहनु पर्छ ।

 

सिंह । आज नयाँ कार्यको थालनी हुनेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । कृषि क्षेत्रमा पनि राम्रो हुनेछ ।

 

कन्या । आज मित्र प्राप्तिका साथै कार्य लाभका योग देखिन्छन् । सामाजिक क्षेत्रबाट मानसम्मान मिल्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

 

तुला । आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । फजुल खर्चले चिन्ता बढाउनेछ । मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

 

वृश्चिक । धार्मिक र सांस्कृतिक सभासमारोहमा सरिक हुने सम्भावना छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव समेत आउन सक्छन् ।

 

धनु । आज आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

 

मकर । आज व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् ।

 

कुम्भ । आज अनुहारमा चमक र मनमा प्रसन्न छाउनेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । कला र मनोरञ्जनमा अभिरुचि बढ्नेछ ।

 

मीन । सामाजिक र धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । छोटो यात्राको योग पनि रहेको छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।