बलात्कार आरोपमा एमालेका सांसद बानियाँ पक्राउ

न्युजलय १७ फाल्गुण २०७८, मङ्गलबार १२:४५ मा प्रकाशित

बाँके । बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन् ।


सांसद बानियाँलाई नेपालगञ्जस्थित एयरपोर्टबाट पक्राउ गरिएको बाँके जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

माघ १९ गते नेपालगन्जस्थित अप्सरा होटलमा सांसद बानियाँले ४० वर्षीया महिलालाई जबर्जस्ती करणी गरेको उजुरी प्रहरीमा परेको थियो ।


पीडित महिलाले सांसद बानियाँविरुद्ध माघ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।


उजुरीसँगै बानियाँ सम्पर्कविहीन भएका थिए ।