काठमाडौं । नेपाली सेनाले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) सम्बन्धी कुनै सम्झौता नभएको बताएको छ । बुधबार एक विज्ञप्तिमार्फत सेनाले अमेरिकी सेना वा सरकारसँग एसपीपीसम्बन्धी कुनै पनि सम्झौता नगरेको बताएको हो ।
सेनाले एसपीपीसम्बन्धी सम्झौताको प्रक्रियासमेत अगाडि नबढेको दाबी गरेको छ ।
साथै, नेपालले अवलम्बन गरेको असंलग्न परराष्ट्र नीति, नेपालको विशिष्ट भू-राजनैतिक अवस्थिति एवं सामरिक संवेदनशीलतामा प्रतिकूल असर गर्ने गरी कुनै पनि सैनिक साझेदारी भविष्यमा कोही कसैसँग पनि गर्न नहुने वस्तुगत यथार्थतामा नेपाली सेना प्रष्ट र सचेत रहेको पनि विज्ञप्तिमा उल्लेख छ ।