हातको शल्यक्रिया गराएको केही घण्टामै बिरामीको मृत्यु

न्युजलय १३ माघ २०७८, बिहिबार ०२:०६ मा प्रकाशित

जनकपुरधाम । हात भाँचिएर उपचारका लागि अस्पताल पुगेकी सिरहाकी ५० वर्षीया चन्द्रकला कामतको मृत्यु भएको छ । अस्पतालको लापरबाहीले उनको मृत्यु भएको छोरा रामसकल कामतले आरोप लगाएका छन् । 

गत माघ ८ गते भैंसीले पछार्दा हात भाँचिएपछि उनलाई जनकपुरधामस्थित रामजानकी हस्पिटल लगिएको थियो । मंगलबार अस्पताल पुगेकी चन्द्रकलाको डा. संजय साहले बुधबार शल्यक्रिया गरेका थिए । अपरेशनपछि कामतलाई वार्डमा सारिएको थियो । तर, शल्यक्रिया भएको करिब तीन घण्टापछि आमाको मृत्यु भएको मृतकका छोरा रामसकलले बताए ।

यता, अस्पताल प्रशासनले मुटुको चाल कम हुँदा चन्द्रकलाको मृत्युको भएको दाबी गरेको छ ।