मेष । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।
वृष । आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउनेछ, तर मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।
मिथुन । आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।
कर्कट । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।
सिंह । मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।
कन्या । कुनै रोगले दुस्ख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।
तुला । आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।
वृश्चिक । तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् ।
धनु । विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।
मकर । आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।
कुम्भ । आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको जागिरमा पद र प्रतिष्ठा बढ्नेछ । रोकिएका काम पुनः सुरु पनि हुन सक्छन् ।
मीन । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मङ्गल कार्यको योग छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।