त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलो कोकिन बरामद

न्युजलय ३१ जेठ २०७९, मङ्गलबार १२:४१ मा प्रकाशित

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले २४ किलो कोकिन बरामद गरेको छ । आइतबार र सोमबार लागुऔषध नियन्त्रण ब्यूरोबाट खटिएको टोलीले ठुलो परिमाणमा कोकिन बरामद गरेको अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत एक जना अधिकृतले जानकारी दिएका छन् ।  


आइतबार १६ केजी कोकिनसहित ब्यूरोले २ जना दक्षिण अफ्रिकाका नागरिकलाई पक्राउ गरेको थियो । सोमबार पुनः ८ किलो कोकिन सहित दुवईबाट काठमाडौं आएका अर्का एक जना विदेशीलाई पक्राउ गरेर ब्यूरोले अनुसन्धान गरिरहेको छ । विमानस्थल स्रोतकाअनुसार ३ जना विदेशी दुवईबाट कोकिन लिएर काठमाडौं ओर्लिएका हुन् ।