काठमाडौँ । नेकपा एमालेको अवरोधका कारण लगातार आज चौथो दिन पनि राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको एक सार्वजनिक अभिव्यक्तिको विरोध र उनको राजीनामा माग्दै एमालेले बैठक अवरुद्ध गर्दै आएको छ ।
आजको बैठकमा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बैठक सुरु भएको जानकारी गराए लगत्तै एमाले सांसदहरूले समय मागे । त्यसपछि राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भगवती न्यौपानेलाई समय दिएका थिए ।
न्यौपानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वाधीनताविरुद्ध धावा बोलेकोले उनको राजीनामा नआएसम्म बैठक चल्न नदिने बताइन् । त्यसपछि एमाले सांसदहरू आफ्नो स्थानबाट उठे विरोध जनाएपछि बैठक सोमबार बिहानसम्मको लागि अध्यक्ष तिमिल्सिनाले स्थगित गरेका हुन् ।