काठमाडौँ । नेकपा माओवादी केन्द्रले पार्टीको महासचिवमा देव गुरुङलाई चयन गरेको छ। शनिबार बसेको स्थायी समिति बैठकले यसअघि चर्चामा आएका जनार्दन शर्मा र वर्षमान पुनको नामलाई पन्छाउँदै गुरुङलाई चयन गरेको हो । योसँगै माओवादीले २१ सदस्यीय पदाधिकारी टुंगो लगाएको छ ।
माओवादीले २१ जनाको पदाधिकारीमा एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, एक जना उपाध्यक्ष एक जना महासचिव, ७ जना उपमहासचिव, ९ जना सचिव र एक जना कोषाध्यक्ष बनाएको छ।
अन्य २१ पदाधिकारी यी हुन्
अध्यक्ष – पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष – नारायणकाजी श्रेष्ठ ‘प्रकाश’
उपाध्यक्ष – कृष्णबहादुर महरा
महासचिव – देव गुरुङ
उपमहासचिव – वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत, मात्रिका यादव,हरिबोल गजुरेल
सचिव – दीनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की
कोषाध्यक्ष – श्रीराम ढकाल प्रशान्त रहेका छन् । माओवादीले गत पुसमै महाधिवेशन गरे पनि पदाधिकारी चयन गर्न सकेको थिएन।