डेनमार्कमा सबै प्रतिबन्धहरू हटे

न्युजलय १८ माघ २०७८, मङ्गलबार ०८:४० मा प्रकाशित

डेनमार्क । डेनमार्क सरकारले सबै प्रतिबन्ध हटाएको छ। फेब्रुअरी १ बाट लागु हुने गरी कोरोना महामारी लक्षित सबै प्रतिबन्धहरु हटाएको हो ।

जनतालाई सामान्य जनजीवनमा फर्काउने सरकारको योजना रहेको भन्दै सरकारले सामाजिक रूपमा गम्भीर रोगको वर्गीकरणबाटसमेत हटाएको छ । मास्क अनिवार्य रुपमा लगाउनुपर्ने छैन । सामाजिक दुरी पनि अनिवार्य छैन । यात्रा पनि खुकुलो पारिएको छ ।

स्वास्थ्य अधिकारीका अनुसार ओमिक्रोन कोरोनाको नयाँ भेरियन्ट हो । यो लगभग पूर्ण रूपमा प्रभावशाली भए पनि कम रोगजनक छ । खोप र संक्रमण दुवैबाट जनसंख्यामा उच्च प्रतिरोधात्मक क्षमता छ । त्यसैले प्रतिबन्ध हटाइएको हो।

डेनमार्कमा ६० प्रतिशतभन्दा बढी नागरिकले तेस्रो डोज भ्याक्सिन लगाइसकेका छन्। डेनमार्कको जनसंख्या झण्डै ६० लाख छ।