हर्क साम्पाङ भन्छन्ः ‘गरिबको आँशु नलागोस’

न्युजलय ९ भदौ २०७९, बिहिबार ०७:५८ मा प्रकाशित

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र साहले सडक मिचेर फुटपाथ व्यवसाय तथा अन्डरग्राउण्डका पसलहरु हटाउन एक्सनमा उत्रिएका छन् । 

बालेनको एक्सनलाई लिएर धरानका मेयर हर्क साम्पाङले भने असहति जनाएका छन् । साम्पाङले सामाजिक सञ्जालमार्फत बालेनको उक्त कार्यको असहमति र साना व्यवसायीहरुप्रति माया दर्शाएका हुन् । 

व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु नुहने उनको तर्क छ । साम्पाङले लेखेका छन्,‘व्यवस्थापन र पुनर्बासको प्रबन्ध नमिलाई कसैलाई विस्थापित गर्नु हुँदैन् । सबैको बाँच्ने अधिकार हुन्छ ।’

साम्पाङले भर्खरै पनि गरिबको आँशु नलागोस भन्दै अर्को स्टाटस लेखेका छन् ।