एमालेले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

न्युजलय १२ भदौ २०७९, आइतबार ०१:०८ मा प्रकाशित

काठमाडौं । नेकपा (एमाले)ले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेर निर्वाचनमा जाने निर्णय गरेको छ।


एमालेको शनिबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी अध्यक्ष ओलीलाई प्रधानमन्त्रीको रुपमा अघि बढाउने निर्णय गरेको एमाले संसदीय दलका प्रमुख सचेतक एवम् पोलिटब्युरो सदस्य विशाल भट्टराईले बताए।

 

त्यस्तै एमालेले समानुपातिका सांसदहरूलाई फेरि समानुपातिकमा नराख्ने समेत निर्णय गरेको छ।

 

उनले वाम गठबन्धनका लागि बाटो पनि खुला राख्ने निर्णय भएको बताए।