डेंगीबाट मृत्यु हुनेको संख्या १३ पुग्यो, १२ हजार बढी संक्रमित

न्युजलय ३० भदौ २०७९, बिहिबार १०:४७ मा प्रकाशित

काठमाडौं । नेपालमा यस वर्ष डेंगी संक्रमितको संख्या १२ हजार नाघेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको पछिल्लो तथ्यांक अनुसार बुधबारसम्म १२ हजार २१७ जानमा डेंगीको संक्रमण देखिएको हो ।

डेंगीका कारण ११ जनाको मृत्यु भएको छ । अहिलेसम्मको तथ्यांक अनुसार सबैभन्दा धेरै ललितपुरमा तीनहजार ८०३ जना संक्रमित भेटिएका छन् । त्यस्तै, काठमाडौंमा दुई हजार ८०८ र भक्तपुरमा ४८० जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाबाहि मकवानपुरमा एक हजार ३३१ तथा रूपन्देहीमा ६३० जनामा संक्रमण देखिएको छ ।

यीसँगै, धादिङ, दाङ, तेह्रथुम, काभ्रे र चितवनमा संक्रमितको संख्या बढ्दो क्रममा रहेको महाशाखाको तथ्यांक छ । महाशाखाका अनुसार यो वर्ष ७७ वटै जिल्लामा संक्रमित देखिएका छन् ।