पुनर्मिलन कार्यक्रममा विश्वआदर्शका शिक्षकहरुको लेजी डान्ससहित विविध प्रस्तुती

न्युजलय ३ कार्तिक २०८०, शुक्रबार ०९:१० मा प्रकाशित

इटहरी । विश्व आदर्श कलेजका पुर्व विद्यार्थीहरुको पुनर्मिलन (अल्मुनाई ग्राण्ड रियुनियन) कार्यक्रम शुक्रबार गरिएको छ । पुर्व विद्यार्थीहरुको संगठन अल्मुनाई एशोसिएसन अफ विश्व आदर्शले गरेको कार्यक्रममा पुर्व विद्यार्थीहरुको उल्लेख्य सहभागिता रहेको थियो । 

कार्यक्रममा पुर्वविद्यार्थीहरु, शिक्षक, कलेज सञ्चालक तथा विद्यार्थीहरुले गीत, नृत्य, बिटबक्स प्रस्तुत गरेका थिए । गायक प्रितम आचार्य, सविज्ञा दाहाल र रिजन डाँगीले गीत गाएका थिए । 

यस्तै शिक्षकहरुले प्रस्तुत गरेको र्याम्प वाक र लेजी डान्स विद्यार्थीहरुको लागि विशेष आकर्षक रहेको थियो । कार्यक्रममा डोरी तान, हट बल तथा म्युजिकल चेयर प्रतियोगितासमेत आयोजना गरिएको थियो । 

यस्तै भ्वाइस अफ भीएसी नामक म्यागेजिन विमोचनसमेत गरिएको थियो ।

कार्यक्रममा क्याम्पसका अध्यक्ष लेखनाथ घिमिरे तथा प्राचार्य गणेश दुलालले कलेजको विभिन्न पक्षबारे जानकारी दिँदै पुनर्मिलन कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने बताए । एशोसिएसनका अध्यक्ष सुरज अग्रवालले पुनर्मिलनले विगतका स्मृतिहरुलाई ताजा गरेको बताउँदै सहभागिताको लागि सबैलाई धन्यवाद दिए । 

गतवर्षदेखि एशोसिएसनले प्रत्येक वर्ष फूलपातीको अघिल्लो दिन पुनर्मिलन कार्यक्रम गर्न थालेको हो ।