इटहरीमा भयानक दुर्घटना:जनता क्याम्पस अध्ययनरत पवन सहित दुई जनाको मृत्यु

न्युजलय १२ असोज २०८०, शुक्रबार ०५:०४ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीमा सवारी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 


शुक्रबार (आज) बिहान ९ः३० बजे इटहरी १२ खनार ट्रान्सपोट नजिक भएको सवारी दुर्घटनामा परी सुनसरीको देवानगन्ज ५ घर भइ दुहबी ८ बस्ने २३ वर्षीय पवन कुमार साह र विराटनगर १ बस्ने १९ वर्षीय अजित थापाको मृत्यु भएको हो । 


इटहरीबाट बिराटनगर तर्फ जाँदै गरेको स १ ख ८१६ नम्बरको बस सँग प्रदेश १–०२–०४६ प १९६७ र  प्रदेश १–०२–०४६ प ७२५८ नम्बरको दुई वटा मोटरसाइकल ठोक्किएर उक्त दुर्घटना भएको हो । 


दुर्घटनामा विराटनगर २ का सुशान्त दाहाल घाइते भएका छन् । उनको विराटनर्सिङ होममा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

मृतक पवन साह इटहरी स्थित जनता बहुमुखी क्याम्पसमा स्नातक तह तेस्रो वर्षमा (BSW) अध्ययनरत विद्यार्थी थिए ।