एमाले अध्यक्ष ओलीले चितवनमा रोपे धान

न्युजलय १५ असार २०८०, शुक्रबार ०६:०१ मा प्रकाशित

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओलीले चितवनको जगतपुरमा धान रोपेका छन्।

२०औं राष्ट्रिय धान दिवस अवसरमा ओलीले चितवनको केरुंगा तरकारी सामूहिक खेतीको आयोजनामा धान रोपाइँ गरेका हुन्।

आज कृषि तथा पशुपक्षी विकासमन्त्री वेदुराम भुसालले सुरुमा हात र पछि राइस ट्रान्सप्लानरबाट धान रोपेर महोत्सव उद्घाटन गरे। 

२०औं राष्ट्रिय धान दिवस अवसरमा कृषि विभागको आयोजनामा राष्ट्रिय कृषि अनुसन्धान परिषद्को कार्यालय खुमलटारमा आयोजित रोपाइँमा मन्त्री भुसालले धान रोपेका हुन्। मन्त्रीसँगै विभागका कर्मचारी, स्थानीय पनि रोपाइँमा सरिक थिए। 

यो वर्ष ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ नारासहित राष्ट्रिय धान दिवस अर्थात् रोपाइँ महोत्सवका विभिन्न कार्यक्रम गरिँदै छ।