२०७८ साल मङ्सिर १३ गते सोमबार

सुनसरीबाट ६ हजार एमाले कार्यकर्ता चितवन हिँडे

शंकर खत्री ९ मङ्सिर २०७८, बिहिबार ०३:१० मा प्रकाशित

इटहरी । सुनसरीबाट नेकपा एमाले १० औँ महाधिवेशनका लागि झण्डै ६ हजार सहभागि चितवन प्रस्थान गरेका छन् । 

१३ स्थानीय तह रहेको सुनसरीबाट सो संख्यामा सहभागि चितवनको सौराहा प्रस्थान गरेका नेकपा एमाले सुनसरी अध्यक्ष खेमराज पोखरेलले जानकारी दिए । सुनसरीबाट ४३ जना महाधिवेसन पनि चितवन प्रस्थान गरेको जानकारी दिए । 

अन्य सहभागितको सन्दर्भमा जिल्लालाई ४ हजार प्रनितिधि ल्याउन निर्देशन भए पनि तोकिएको संख्या भन्दा बढी सहभागि त्यसतर्फ लागेको जानकारी दिए । प्रत्येक वडामा एक एक वटा वस सहभागितको लागि व्यवस्था गरिएको छ । ती बसमा खँचाखच सहभागि चितवनतर्फ लागेको उनले जानकारी दिए । यसका साथै निजि सवारी साधनमा पनि उल्लेख्य मात्रामा सहभागि चितव लागेको उनले जानकारी दिए ।

यता इटहरीबाट पनि तोके भन्दा अधिक सहभागि महाधिवेशनका लागि चितवन प्रस्थान गरेको इटहरी उपमानगरपालिकाकी उपमेयर तथा एमाले नेतृ लक्ष्मी गौतमले जानकारी दिइन् । इटहरीमा वडा वडाबाट सहभागिलाई चितवन लग्ने व्यवस्था मिलाइएको जानकारी दिइन् । यसका साथै नीजि सवारीसाधनबाट पनि सहभागिहरु विहानै चितवन प्रस्थान गरेको जानकारी दिइन् ।

 सुनसरीबाट विहानैदेखि चितवन प्रस्थान गर्ने प्रतिनिधिहरुको लर्को छ । कतिपय प्रस्थान गरेका छने भने कोहि अझै वस कुरेर बसेका छन् । महाधिवेसनका लागि सुनसरीबाट ४३ जना महाधिवेशन प्रतिनिधि चयन भएका छन् । एमालले सर्वसमत रुपमा ति प्रतिनिधिहरुको टुङ्गो लगाएको हो ।