बालकुमारी घटनामा ज्यान गुमाएका युवकको परिवारलाई १०–१० लाख दिने सरकारको तयारी

न्युजलय १४ पुस २०८०, शनिवार ०७:४२ मा प्रकाशित

काठमाडौं । सरकारले बालकुमारी घटनामा ज्यान गुमाएका व्यक्तिको परिवारलाई जनही १०–१० लाख रुपैयाँ दिने तयारी गरेको छ ।

आज बिहान बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित सुरक्षा अधिकारीहरूको बैठकमा पीडितलाई राहत दिने प्रस्ताव ल्याउन निर्देशन दिएका हुन् ।

उनीहरूलाई राहत घोषणा गर्न मन्त्रिपरिद् बैठक बस्दै छ । आजै २ बजे बस्ने बैठकले राहत घोषणा गर्ने बताइएको छ । 

इपीएस भाषा परीक्षाको विषयलाई लिएर भएको प्रदर्शनमा शुक्रबार दुई जनाको ज्यान गएको थियो । उनीहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री चढ्ने सरकारी गाडीमा आगजनीसमेत गरेका थिए । 

घटनाबारे प्रधानमन्त्री प्रचण्डले आज बिहान ब्रिफिङ लिएका थिए ।