रुसी सैनिक सवार विमान खसालेको युक्रेनको दाबी

न्युजलय १५ फाल्गुण २०७८, आइतबार ०८:४९ मा प्रकाशित

काठमाडौं । युक्रेनको रक्षा मन्त्रालयले रुसी सैनिक सवार एउटा सैन्य विमान खसालिदिएको दाबी गरेको छ। राजधानी किभ नजिकै विमान खसालेको युक्रेनले दाबी गरेको हो।


रुसले यस बारेमा कुनै प्रतिक्रिया दिएको छैन। किभ क्षेत्रमा प्याराट्रूपरहरूलाई अवतरण गराउने प्रयास गरिरहेको रुसी आइएल ७६ एमडी सैन्य विमानलाई युक्रेनी लडाकु विमानले शनिबार खसालिदिएको त्यहाँको रक्षा मन्त्रालयले आफ्नो फेसबुक पेजमा उल्लेख गरेको छ।


उक्त विमान १६७ जना सैनिक र चालकदलका ६/७ जना सदस्य बोक्ने क्षेमताको रहेको बताइएको छ।