युक्रेनी राष्ट्रपति भ्लादिमिरले नेटोको सदस्यता नलिने

न्युजलय २६ फाल्गुण २०७८, बिहिबार ०९:१२ मा प्रकाशित

काठमाडौं । युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले अब नेटोको सदस्यता नलिने बताएका छन् । रुसलाई शान्त पार्नका लागि उनले यो घोषणा गरेको समाचारहरुमा जनाइएको छ । उनी दुई फरक फरक रुसी समर्थक क्षेत्र (डोनेट्स्क र लुहान्सक) को स्थितिबारे सम्झौता गर्नका लागि समेत तयार भएका छन् । जसलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले २४ फेब्रुअरीमा हमला सुरु गर्नु ठिक पहिले स्वतन्त्र राष्ट्रको घोषणा गरिएको थियो र मान्यता पनि दिइएको थियो ।


यो त्यही मुद्धा हो जसलाई रुस र युक्रेनकाबीच युद्धको कारक मानिएको थियो । रिपोर्टका अनुसार नेटो युक्रेनलाई स्वीकार गर्न तयार छैन । नेटोको सदस्यता नलिने ठोकुवा गर्दै जेलेन्स्कीले भनेका छन्,‘म यस्तो देशको राष्ट्रपति बन्न चाहन्नँ,जो घुँडा टेकेर केही मागिरहेको होस् ।’