२०७८ साल माघ ६ गते बिहिबार

एकैदिन ५ हजार ८७ जनामा कोरोना संक्रमण, तीन संक्रमितको मृत्यु

न्युजलय ३० पुस २०७८, शुक्रबार ०४:३० मा प्रकाशित

काठमाडौं । नेपालमा एकैदिन ५ हजार बढी कोरोना संक्रमित थपिएका छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एकैदिन ५ हजार ८७ जना संक्रमित थपिएका हुन्।

देशभरि २० हजार ५६० जनाको नमुना परीक्षण गर्दा पीसीआरबाट ४२०४ र एन्टिजेनबाट ८८३ जना संक्रमित देखिएको मन्त्रालयले जनाएको छ।

त्यस्तै पछिल्लो २४ घन्टामा थप ३०६ जना संक्रमित कोरोनामुक्त भएका छन् भने थप तीन जना संक्रमितको मृत्यु भएको छ।