विमानस्थलबाहिरबाट बरामद भएको सुन पगाल्ने प्रक्रिया सुरु

न्युजलय २९ साउन २०८०, सोमबार ०७:२५ मा प्रकाशित

काठमाडौँ । त्रिभुवन विमानस्थल बाहिर आन्तरिक राजश्व विभागले बरामद गरेको सुन पगालेर जोखिने भएको छ।

टक्सार महाशाखामा अहिले सुनको परिमाण एकिन गर्नका लागि पगाल्ने प्रक्रिया सुरु गरिएको छ। 

आजदेखि नै सुन जोख्न सुरु हुने बताइएको छ। यतिबेला ब्रेक शु भित्र रहेको सुन निकालिँदैछ। करिब एक क्विन्टल सुन बरामद भएको थियो।