इटहरी दुर्घटनाः घाइते भएकी छोरीको उपचारको क्रममा मृत्यु

न्युजलय २० असार २०८०, बुधबार ०६:२८ मा प्रकाशित

इटहरी । इटहरीको मुख्य चौकमा भएको दुर्घटनामा घाइते भएकी छोरीको पनी मृत्यु भएको छ ।

मंगलबार दिउँसो इटहरीको मुख्य चौकमा ना १ क ९१०७ नम्बरको टिपरको ठक्करबाट स्कुटरमा सवार आमा छोरीको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय इटहरीका अनुसार मृत्यु हुनेमा इटहरी–८ की सरिता चौधरी र उनकी छोरी अंशु चौधरी रहेकी छन् ।

टिपरको ठक्करबाट सरिताको घटनास्थलमै मृत्यु भएको हो भने अंशुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।


इटहरी चोक दुर्घटना : आमाको मृत्यु, छोरी गम्भीर