काबुलको विद्यालयमा विस्फोट, छ जनाको मृत्यु

न्युजलय ६ बैशाख २०७९, मङ्गलबार ०२:०२ मा प्रकाशित

काठमाडौं । अफगानिस्तानको विद्यालयमा विस्फोट हुँदा छ जनाको मृत्यु भएको छ । 

विस्फोटमा परी कम्तीमा छ जनाको मृत्यु भएको र अरु केही घाइते समेत भएको अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

काबुलको पश्चिमी क्षेत्रमा भएका विस्फोटनका घटना मध्ये पहिलो विस्फोटन मुम्ताज विद्यालयमा भएको हो । 

त्यसैगरी दोस्रो विस्फोटन भने राजधानी काबुलकै डाश्त ए बार्ची जिल्लामा भएको हो । त्यो पनि विद्यालय नजिकै भएको थियो ।

दुवै विस्फोटनका घटनामा परी घाइते भएकाहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको अधिकारीहरुले जनाएका छन् ।