कन्काई ९ मा एमालेका वडाध्यक्षसहित प्यानल नै विजयी

न्युजलय ३२ बैशाख २०७९, आइतबार १०:१७ मा प्रकाशित

झापा । कन्काई नगरपालिकामा नेकपा (एमाले)ले खाता खोलेको छ। एमालेले कन्काई वडा नम्बर ९ मा वडाध्यक्षसहित प्यानल नै जितेको छ।

निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका प्रेमप्रसाद राजवंशीलाई झन्डै दोब्बर मतले पराजित गर्दै एमालेका राजेन्द्रप्रसाद उप्रेती वडाध्यक्षमा निर्वाचित भएका हुन्

उप्रेतीले १ हजार ९८ मत र राजवंशीले ५९६ मत ल्याएका छन्। त्यस्तै वडा सदस्यहरूमा एमालेका नरमान श्रेष्ठ, युवराज राजवंशी, सुशीलाबुधनी कुमारी चौधरी र तारा दमाई निर्वाचित भएका छन्।