२०७८ साल माघ ६ गते बिहिबार

गैडाको मस्कटको सन्दर्भमा एमालेले भन्यो, ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार’

शंकर खत्री १० मङ्सिर २०७८, शुक्रबार ०१:५३ मा प्रकाशित

इटहरी । आजदेखि चितवन जिल्लाको नारायणी किनारमा नेकपा एमालेको १० औँ राष्ट्रिय महाधिवेशन जारी छ । 

१० औँ महाधिवेशनको लोगोको रुपमा एमालले गैँडाको मस्कट प्रयोग गरेको छ । मस्कटसहितको लोगो सार्वजनीक भएपछि कतिपयले गैँडा जस्तै एमाले लोप भएर जने भयो भनेर टिप्पणी समेत गरेको छ । 

एमालेले भने गैँडाको मस्कटको प्रयोग नेपालको पर्यटनको प्रर्वद्धनको लागि गरेको स्पष्ट पारेको छ । १० औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै एमाले नेता प्रदिप ज्ञावालीले ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा फुलै संसार’ भन्दै प्रतिक्रिया दिएका छन् ।

‘हामीले यो महाधिवेशनको लोगोको रुपमा एक सिंगे गैँडालाई प्रयोग गरेका छौँ’, उनले भने, ‘फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार । केहिले अब एमाले लोप हुने भयो गैँडा जस्तै भनेर टिप्पणी गर्न पनि भ्याउनु भयो । 

हाम्रो देशलाई विकास गर्ने केहि माध्यमहरु छन् । त्यो मध्ये एक हो पर्यटन । एक सिंगे गैँडा जो दुर्लभ छ, नेपालमा पाइन्छ । चितवनमा पाइन्छ । गैँडालाई प्रतिक बनाएर हामीले नेपालको पर्यटनालाई ब्राण्डिङ गर्न खोजेका हौँ । नेपाल सुरक्षित छ, पर्यटनका लागि भन्न हामीले संकेत गरेका हौँ ।’