काठमाडौं । महाशिवरात्रिको तयारी पशुपति क्षेत्रमा तीव्र पारिएको छ । उक्त अवसरमा पशुपती क्षेत्र बिजुली बत्तीले झिलीमिली बनाउन थालिएको छ ।
पशुपति क्षेत्र विकास कोषका अनुसार मन्दिरमा ५० लाख रुपैयाका बत्ती र फूलले सजाइएको छ । यो खर्च दाताहरुबाट जुटाइएको छ ।
बत्ती र फूलका साथै पशुपति क्षेत्रका खाली भित्तामा भगवान शिव र पार्वतीका चित्रलेखनसमेत भइरहेको छ । चित्रलेखनको खर्च भने कोषले गरिरहेको छ ।
महाशिवरात्रि नजिकएसँगै पशुपति क्षेत्रमा चहलपहल बढेको छ । साधु सन्तहरुको आगमन बाक्लिएको छ ।