कोशी र सुदूरपश्चिम प्रदेशमा ठूलो वर्षाको सम्भावना

न्युजलय २१ असार २०८०, बिहिबार ०१:२१ मा प्रकाशित

  काठमाण्डौ । कोशी र सुदूरपश्चिम प्रदेशमा आज ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

दिउँसो वा बेलुकीपख कोशी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा ठूलो पानी पर्ने भएकाले सतर्कता अपनाउन मौसमविद्ले  आग्रह गरेका छन् । देशका अन्य ठाउँमा भने आज हल्कादेखि मध्यम वर्षाको अनुमान छ । अहिले कोशी, गण्डकी, बाग्मती र कर्णाली प्रदेशका केही ठाउँमा पानी परिरहेको छ ।

काठमाण्डौलगायत आसपासका क्षेत्रमा घाम लागेको छ । तर, अहिले घाम लागे पनि फेरि बदली भइ दिउँसो पछि पानी पर्ने सम्भावना रहेको बताइएको छ ।