पूर्वबाट मनसुन नेपाल पस्यो

न्युजलय २४ जेठ २०७९, मङ्गलबार ०१:०७ मा प्रकाशित

इटहरी । पूर्वी नेपालबाट यस वर्षको मनसुनी वायु पश्चिम नेपालतर्फ अघि बढेको छ । मनसुन अवधिभर घनघोर वर्षा हुने बताइएको छ । 

नेपालमा प्रायः १३ जुनमा भित्रने मनसुन यस वर्ष एक साता अघि नै भित्रिइसकेको छ । देशको पश्चिमी भूभागमा क्रमशः फैलिँदै गएपछि यसले देशभर घनघोर वर्षा गराउने छ । 

यो वर्षको वर्षा यस अघि हुने गरेका वर्षाको तुलनामा १ सय ६० देखि १ सय ७० प्रतिशतसम्म हुन सक्ने अनुमान गरिएको छ । दक्षिण एसियामा यो वर्षाले प्राकृतिक विपद् र समस्या निम्त्याउन सक्नेछ । जल तथा मौसम विज्ञान विभागले सतर्कता अपनाउन आग्रह गरेको छ ।