काठमाडौं । बागमती र गण्डकी प्रदेशमा दर्ता रहेका सवारी साधनहरूमा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत यातायात व्यवस्था विभागले इम्बोस्ड नम्बर प्लेट नराखे साउन १ गतेदेखि कारबाही गरिने चेतावनी दिएको छ।
कार्यालयहरूमा इम्बोस्ड नम्बर जडानसम्बन्धी विभागको निर्देशन र संघीय कानून कार्यान्वयनमा नआएकोमा पनि विभागले ध्यानाकर्षण भएको जनाएको छ।
मोटरसाइकललगायत साना(ठूला सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्न पनि सवारी साधन धनीहरूलाई विभागले आग्रह गरेको छ।