नुवाकोट । मसाज पार्लरबाट एक सरकारी अधिकृतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शिवपुरी गाउँपालिकाका एक अधिकृतलाई ललितपुर प्रहरीले सरकारी मोटरसाइकलसहित नियन्त्रणमा लिएको हो ।
गाउँपालिकामा कार्यरत आठौं तहका अधिकृत बागमती प्रदेश ०२–००१ ब ३८१८ नम्बरको सरकारी मोटरसाइकलसहित पक्राउ परेका हुन् । स्थानीयले खबर गरेपछि प्रहरी मसाज पार्लरमा पुगेर मोटरसाइकलसहित ती व्यक्तिलाई नियन्त्रणमा लिइएको हो ।
सरकारी सवारीसाधनको दुरुपयोग बढेको भन्दै प्रहरीले त्यस्ता सवारी साधनमाथि निगरानी बढाएको थियो ।