६ हजार ८ सय २७ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

न्युजलय १४ माघ २०७८, शुक्रबार १०:१७ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार आठ सय २७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । 

पीसीआर र एन्टिजेन गरी १९ हजार आठ सय ६९ जनाको नमुना परीक्षण गर्दा ६ हजार आठ सय २७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

यस्तै थप पाँच हजार चार सय ३२ जना निको भएसँगै कोरोना सङ्क्रमणमुक्त हुनेको सङ्ख्या आठ लाख ४२ हजार चार सय ३६ पुगेको छ । नेपालमा अहिले ८९ हजार नौ सय ४१ जना कोरोनाका सक्रिय सङ्क्रमित रहेको छन् । 

२४ घण्टामा १० जना सङ्क्रमितको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ हजार ६ सय ९७ पुगेको मन्त्रालयले जनाएको छ ।