जेलमा रहेका सांसद रेशम चौधरीले नयाँ पार्टी दर्ता गराउँदै

न्युजलय १९ पुस २०७८, सोमबार ०७:५३ मा प्रकाशित

काठमाडौं । जेलमा रहेका सांसद रेशम चौधरीले सोमबार (आज) नयाँ पार्टी दर्ता गर्दैछन् ।

चौधरीले आज झाँकीसहित निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराउने भएका हुन् । उनको पार्टीको नाम ‘नागरिक उन्मुक्ति पार्टी’ हो ।

डिल्लीबजार कारागारमा रहेकाले उनले आफ्नो नाममा नभई श्रीमतीको अध्यक्षतामा नयाँ पार्टी दर्ता गर्ने भएका हुन् । 

सांसद चौधरी टिकापुर घटनामा ८ जनाको हत्या आरोपमा जेलमा छन् ।