वर्षाका कारण विराटनगर विमानस्थल बन्द

न्युजलय १४ असार २०७९, मङ्गलबार ०६:२३ मा प्रकाशित

 विराटनगर । वर्षाका कारण देशका विभिन्न स्थानको हवाइ उडान प्रभावित भएको छ। भारी वर्षाले विराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ।

 काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।